Friday, June 14, 2013

छुटेका यादहरु

सीमा, 

पैसा पद र प्रतिष्ठासंगै मान्छेहरु विचको सम्बन्ध र सम्बोधन पनि परिवर्तन हुदै जादारहेछन मात्र आमा र सन्तानहरु बिच बाहेक । भन्नुको मतलब आमा बाहेक सबै नाता अस्थायी छन जुन समय साथ बदलीरहन्छन मेरो विचारमा । यसरी भन्नु पर्दा मेरो सम्बोधन तपाइ हुनुपर्नेहो तर म तिमिनै भन्छु मानिदेउ म एउटा असभ्य मान्छे हु ।

तिमि आश्चर्यचकित छौ पक्कै पनि किनभने छोरीको स्कुल फि विल संगै यस्तो पत्र पाउदा । सीमा, जीन्दगी अचम्मको छ जहा नसोचेका घटनाहरु भइदिन्छन । यस्तो हुन्छ भनेर न मैले कल्पना गरेको थिए सायद तिमिले पनि । हुनत पछि घट्ने घटनाहरुको पुर्व जानकारी पाउने भए म यति दु:खी हुनुपर्ने थिएन सायद दुनिया पनि ।

सीमा, जीवनमा यस्ता क्षणहरु थ्ुाप्रै हुन्छन जुन कालखण्ड भित्रै पुरिन्छन । म एउटा त्यस्तै पात्र हु जुन तिम्रो जीवनको कालखण्ड भित्र पुरिएको छु । तिमिले खोतल्नुपर्ने आवश्यकता छैन किनभने तिमि त्यहिमाथी बसेर रमाइरहेकि छौ । मैले भनिसके तिमिलेत मलाइ विर्सिसक्यौ । मैले पनि भुल्ने प्रयास नगरेको हैन तर आज झण्डै एक दशक पछि एउटा अनुहार तिम्रो जस्तै, हाउभाउ तिम्रो जस्तै अझ हास्दा गालामा परेको खोबिल्टा तिम्रो जस्तै देखेर म झस्कीए । त्यतिबेला मैले आफुलाइ एक दशक पछाडि धकेले जबरजस्ती अनि गहिरिएर नियाले । त्यो बेला म संग जे थियो अहिले त्यो छैन र जे थिएन त्यो छ याने त्यो बेला म संग रुप थियो, यौवन थियो तर धन दौलत थिएन । अहिले रुप छ तर आकर्षण छैन, यौवन ओइलाइसकेको छ , धन दौलत प्रसस्त छ । ऐना अगाडि उभिएर हेर्छु, केश तिलचामले भइसकेछ अनुहार चाउरी परेछ तर मेरो कपालको स्टाइल र जुगांको स्टाइल उस्तै रहेछ जुन तिमिलाइ मनपर्ने भनेर तिम्रो आग्रहले परिवर्तन गरेको थिए । त्यतिबेला मेरा आफ्ना रहर र चाहनाहरु रहेनछन बल्ल बुझ्दैछु ।

सीमा, अहिले म एक्लै छु अफीस कोठामा । झ्याल बाट तल चौरमा हेर्छु ,बच्चा हरु एक आपसमा खेलीरहेका छन, रमाइरहेका छन, तिम्री छोरी शीतल पनि । नजर घुमाउछु अर्कै तर्फ , गुलाबका बोटहरु नागां छन,  वशन्तको आगमन हुदैछ र यिनिहरुमा नया पालुवा पलाउनेछन र नया रुपमा फेरि आकर्षक देखीने छन । तर मेरो झरिसकेका केश हरु फेरी उम्रनेछैनन् , चाउरिएको अनुहारमा नया रौनक थपिने छैन । मन अझै दु:खी छ । ति गुलाबका बोटहरु मैले नै रोपेके हु एक दशक अगाडि तर तिनिहरु बर्सेनी नागींन्छन अनि बर्सेनी झागींन्छन तर म भने गुलाब जस्तो कहिल्यै झागींने छैन, फुल्ने छैन ।

सीमा, लामो सोचाइ पछि तिमिलाइ यो पत्र लेख्दैछु जुन नलेख्नु पथ्र्यो , यसको कुनै औचित्य छैन विवाह पछिको लगन जस्तै । जीवनका हरेक क्षणको औचित्य पुष्टी गर्न पनि त कठिन पर्छ हैन र ?

सीमा, बल्ल बुझ्दैछु तिम्रो र मेरो आधा दशक लामो यात्रा काल्पनिक थियो भनेर । काल्पनिक यात्राको लामो उडान पछि एक्कासी एथार्थको धरातलमा पच्छारीदा म क्षत विक्षत हुनपुगे तर तिमि भने सुरक्षित अवतरण गर्न सफल भर्या । बधाइ छ । सायद तिमिलाइ थाहा थियो होला त्यो त क्षणिक आनन्दको लागि गरिने हट एयर बेलुन यात्रा जस्तै थियो जहा जिवन विताउन असम्भब छ । तर मैले भने यर्थाथ सम्झदा यो अबस्थामा पुगेको छु । सीमा, यतिबेला म संग कसैलाइ दिनको निमित्त केहि बाकि छैन  । छन भने दुर्घटनाग्रस्त आफ्नै जीन्दगीका भग्नाबशेश हरु, औषधि गर्दा गर्दै निको नभएका घाउहरु, मन्द गतिमा विझाइरहने पिडा हरु र साथमा छन मात्र बाच्नको लागी पालेका मृगतृष्ण र जीजीविषा । बस यतिछन म संग । सीमा, खोला नहिडेको खाली जमिन भन्दा नदि सुकिसकेपछिको वगर निकै उराठ र उजाड देखिन्छ हैन र ? तिमिले म भित्र थापेका बारुदि सुरुड.हरु जीवनका कैयौ मोडहरुमा पुगेर विष्फोट हुदां म पटक पटक घाइते पनि भएको छु । 

सीमा, मान्छेहरु अडकल काट्दा होलान म अविवाहित बस्नुको कारण तिमिनै हौ भनेर । त्यस्तो सोच्नु तिनिहरुको भुल हो किनभने मेरो जीवनका सबै कारण तिमि हुन सक्दीनौ । मेरो दु:ख र आशु देखाएर मैले न तिमिसंग जिवनको सहारा माग्न खोजेको हु न माया को भिक्षा नै । यि कुरा हरु सुनाउन न मैले भगवान गुहारे न अरु मान्छेहरुलाइ नै । मलाइ थाहा छ मेरो भगवान म संग नै छ जसले मलाइ नै न्याय गरेन भने तिम्रो भगवान लाइ गुहार्न बेकार सम्मmे । एण्टन चेकोभ को ग्रीफ कथाको पात्रले आफ्नो कुराहरु घोडालाइ सुनाए जस्तै यति बेला मसंग पनि घोडा हुन्थ्यो भने सायद यो पत्र तिमीलाइ लेख्ने नै थिइन ।

सीमा, बाच्नको लागी सहारा मान्छेको नै चाहिन्छ, म यस्तै सोच्थे । तर गलत सोचेको रहेछु । हुनत अरुले कस्तो सोच्छन त्यो थाहा छैन , मेरो सहारा मेरो आफ्नै अतित हो जुन तितो छ र गित हरु । सीमा तिमी संग मेरो न आग्रह छ न पुर्वाग्रह । मैले भनिसके न मैले तिमिसंग जीवनको सहारा मागेको छु न तिम्रो दाम्पत्य जिवन देखिनै आक्रोशीत छु । मेरो बाच्ने सहारा मेरो आफ्नै अतित हो । सीमा, तिम्रो जीवन संग मेरो अतितको छोटो जम्काभेटमा बाटोमा हिड्दा काडामा पछ्यौरीको धागो अल्झेजस्तै मेरा सम्मmनाहरु तीमिसंग छुटेछन, छुट्टीने बेला तिमी हतारमा गयौ, माग्न विर्सीएछु । मेरो लाखौ अनुरोध छ ति छुटेका यादहरु फीर्ता पठाइदिनु ............................................।

Tuesday, June 11, 2013

माफगर म तिम्रो हुन सक्दीन....


तिमिले भन्थ्यौ रे उ क्रुर कठोर र माया गर्न नजान्ने मान्छे रहेछ भनेर । हो, म कठोर छु सायद चट्टान भन्दा पनि धेरै । आÏनै भाग्य समेत गुमाएको मान्छे संग के नै बाँकी छ र तिमीलाइ दिने चिज र आशा गर्यौ ? मेरो मन भित्र माया र प्रेमको खानी हैन आगोको ज्वाला दन्कन्छ आक्रोशको ज्वाला दन्कन्छ जुन आगोले म तिम्रो स्वर्णीम भविष्य डढाउन चाहदैनथे । मेरो मन भित्र तीमि बस्ने ठाउनै छैन त्यो त सागुरिदैछ दिन प्रतिदिन काठमाण्डौमा सडक सागुरिएजस्तै ।

तिमिसंग बिताएका कलेज जीवनका क्षणहरु आजसम्म पनि जीबन्त लाग्दैछ मलाइ । तिम्रो मित्रताको सामिप्य पाउदा आफैलाइ हलुको महशुस गरेको थिए । मैले यो भन्दा अगाडी कहिल्यै केटि साथी बनाएको पनि थिइन किनभने तिनिहरुबारे मैले धेरै सुनेको थिए । त्यतिबेला झुटो जस्तो लाग्दथ्यो तर आज सत्य सावित हुदैछ । मैले तिमिलाइ कहिल्यै तिमिले सोचेको जस्तो सोचेको थिइन र सोचेको पनि छैन । सधैभरी एउटा असल मित्रको रुपमा हेरे, हेरिरहे र अझै हेर्दैछु  चाहे तिमिले जे सोच । म आभारी छु , ऋणी छु , तिमिले कलेज जीवनमा मलाइ गरेको सहयोग र सदभाव प्रती ।

म प्रतीका तिम्रा गुनासाहरु प्रसस्त सुन्दैछु , अरु मार्फत । म सन्तुष्ट छु , अलीकती भएपनि तिमिलेत मलाइ बुझ्यौ । म यहि चाहन्थे मलाइ पेटाभरी पढुन मान्छेहरु । तिमिले भन्थ्यौरे युगलाइ नबुझेको र समय संग हिड्न नजान्ने मान्छे । हो म स्वीकार्छु , म समय संग हिड्न नजान्ने मान्छे हु सायद । तर मैले समयलाइ पछ्याउन नखोजेको हैन विडम्वना समयले मलाई कहिल्यै साथ दिएन । म धेरै टाढा छु यो युग र समय भन्दा–संगै त तीमि छौ र तीमि जस्तै अन्य । तिमिले मलाइ त्यस्तै सोचेकी थियौ होला जुन मेरो उमेरका ओसत हुने गर्दछन् तर यथार्थमा उल्टो भेट्टायौ ।  मलाइ थाहाछ म भिन्न छु । हो पृथक । मेरो र तीम्रो गणित फरक छ । मेरो गणितमा जीवन सुन्यमा टुङ्गीन्छ जतिचोटि हिसाब गरेपनि । सायद तिम्रो गणितमा जीवन धनात्मक हुदैछ होला । तिमी स्वीकार गर वा नगर मेरो आÏनै दर्शन छ , आÏनै दृष्टिकोण छ , जीवन र जगतलाइ हेर्ने । म भावुक छु , सायद यसैले होला केहि लेख्छु । मेरा भावनाहरुनै मलाइ कठिन परिस्थीतीमा पनि बाँच्ने सहारा भएका छन । फुलिरहेको गुलाब देख्दा तिमि प्रेमि सम्झन्छौ होली तर म त वसन्त आएछ भन्छु । तिमिले मलाइ जसरी बुझ्यौ मैले तीमिलाइ अर्कै तरीकाले बुझे । मलाइ पढ्नको निमित्त किताब चाहिन्न । हो मान्छे भए पुग्छ । म मान्छेहरु पढ्छु । म आँखा हरु , अनुहार हरु  र ओठहरु पढ्छु । त्यसरीनै तिमिलाइ पनि पढेको छु ।

तिमिले मलाइ म जस्तो छु त्यस्तो देखिनौ । सायद अध्यारोमा हेर्यौकी ? छर्लङ्ग उज्यालोमा आएर हेरत म कत्ती फरक छु । तिमिलाइ लाग्ला हामि फरक छैनौ तर मलाइ त त्यस्तो लाग्दैन । तिमि र म जन्मेको धरातल फरक छ , हुर्केको परिवेश भिन्न छ । कहाँ तिमि महलमा जन्मेर ऐस आराममा हुर्केको मान्छे । कहाँ म झुपडिमा जन्मेर धुलोम हुर्केको मान्छे । तिमि र म बिच एउटा गहिरो खाडल छ । त्यो खाडल पार गर्न कठिन छ । कठिन मात्र हैन महाकठिन । क्षणिक भावनामा बहकिएर तिमि हाम्फाल्:ने कुरा गर्दैछौ । जीवन धेरै लामो छ । बाँच्नु धेरै पनि हुन सक्छ । अहिले तिम्रो निम्ति जीवन सुखमय र मोज गर्ने समय हो र तिमिले यस्तै बुझेकी छौ  तर मेरो निम्ति जीवन दु:ख र संघर्षमय यात्राहो अहिले सम्म मैले यस्तै बुझेको छु । म सपना देख्दिन । मलाइ लाग्छ सपनाको मृत्यु हुनु खतरनाक हुन्छ ।

तिमिलाइ मैले मेरो जीवनको अंग बनाउन असमर्थ छु । असमर्थ मात्र हैन असम्भव । क्षणिक समय भावनाका कुरा गरेरत विताउला तर भावनाले पेट भर्न सकिदैन । क्षणिक मिलनमा रमाउनु भन्दा एक्लो र निरश जीवन बाचीरहन मन लाग्छ मलाइ । म एउटा गरीब केटो जसले अध्ययन खर्च चलाउन ट्युसनको सहारा लीन्छ । हातमुख जोर्न चौविसै घण्टा काममा जोतिने म तिम्रो यौवन पिएर बाँच्न सक्दिनथे । रहर र चाहनाका कुरा नगर मेरो रहर र चाहनाहरु मरीसकेका छन जुन तिम्रो आगमन संगै कदापी फर्कन सक्दैनन । समस्या र वाध्यताहरुको भारी बोक्दा बोक्दा थाकेको म तिम्रा रहरहरु थाम्न सक्दिनथे । दु:खको सागरमा पौडी खेल्ने म तिम्रो वैशमा डुबुल्की मार्न भ्याउदैनथे । त्यसैले सजीलै लत्याइदिए तिम्रा भावनाहरुलाई ।

आजसम्म न मैले कुनै केटिलाई प्रेम गरेको छु न कुनै केटिले नै मलाइ गरेको छ तिमिले जस्तै भ्रमपुर्ण प्रेम । न म कसैको आÏनो भए न मलाइनै कसैले आÏनो बनाए । आ–आÏनो जीवन संघर्ष हामि एक्लैले लड्नुपर्छ । तिम्रो मित्रको नाताले सहयोग र सहानुभुती दिन सक्छु तर तिम्रो युद्धमा म सामेल हुन सक्दिन र मेरो युद्धमा आउ पनि भन्दिन । नपछ्याउ मेरा पदचापहरु , नहुत्याउ तिम्रा नजरहरु, माफगर म तिम्रो हुन सक्तिन ।




Sunday, June 9, 2013

अनुत्तरित पत्र



रजनी यतिबेला म दोधारमा छु जोखीमा छु सायद दोधारे मनस्थीति बोकेर जोखीममा बाच्ने मेरो नियतिनै बनिसकेको छ । तिमिले प्रश्न गर्न सक्छौ किन । त्यसबेला मेरो उत्तर हुनेछ तिमिलाइ गर्ने सम्बोधन चयनको छटपटिमा । त्यसैले यो पत्र सम्बोधन विहिननै छ माफ गर ।

रजनी यतिबेला म जीवनको एउटा मोडमा उभिएर मेरो अतित नियाल्दै छु । मेरा अतितको गोरेटोमा तिम्रा सम्झनाका डोवहरु स्पष्ट देखिन्छन । विस्मृतिमा हराउन खोज्दा स्मृतिले सधै पछ्याइरहन्छ ।

 रजनि म हराय या तिमीले खोजीनौ हुनसक्छ तिमी हरायौ या मैले खोजीन । समयको लुकामारीमा हराय जस्तो मात्र भएको होकि जस्तो लाग्छ । जसरी बादल भित्र शुर्य हराय जस्तै भ्रममा मान्छेहरु रुमलीन्छन । रजनी मलाइ लाग्छ आफुसंग भएको मुल्यवान बस्तु हराइसकेपछि पाउदा जत्तीको खुशी अरुबेला हुदैन । अहिले मलाइ त्यस्तै अनुभव भइरहेछ । हुनत म शुन्यतामा बाचेको छु । त्यैपनि स्मृतीमा तिमीलाइ आफै लुकाउछु फेरि धुमधामले खोज्छु अनि भेट्टाउछु र एकान्तमा एक्लै हास्छु । एक्लै रुन्छु । रुन्छु – तिमिलाइ हराय । हास्छु – तिमिलाइ भेट्टाए । रजनि जीन्दगीमा मैले सबै भन्दा बढि तिमीलाइ नै पढे र सबै भन्दा कम तिमिलाइ नै बुझे । खै तिमीले के गर्याै ? हुनत आजका मान्छेहरु बुझ्नु भन्दा बढि बुझ पचाउछन । त्यसैले म भन्छु ,

तिमी र म
फुल र मान्छे
मान्छे र फुल
परिचित भएर पनि अपरीचित
अपरिचित भएर पनि परिचित
अनौठो नाता बुझनै नसकिने
अनौठो यात्रा भुल्नै नसकिने

रजनि समयको साउने भेलले मलाइ जीवनको अनकन्टार बगरमा हुत्याएको छ । म एक्लै छु यहा । त्यसमा मेरो कसै संग गुनासो छैन किनकी अवत म शुन्यतामा हराउने र एक्लै बाच्ने कलामा अभ्यस्त भइसके । अहिले सम्मको मेरो उपलब्धी यहि नै हो । मलाइ गुनासो भगवान संग छ । स्मृति अटाउने सानो कुना र संबेदनशिल ह्दय नभैदिएको भए जीवन यति दू:खदायी हुने थिएन कि?

 रजनी ति दिनहरु फेरी कहिल्यै फर्कन्नन् , न्यस्ता क्षण हरु अब कहिल्यै आउन्नन । त्यो पनि थाहा छ । तर मन मान्दैन । काफल चरीले बाउलाइ डाके जस्तै जीवनका निश्चीत यामहरुमा मैले ति दिनहरु, ती क्षणहरुलाइ डाकिरहन्छु । यसलाइ तिमी अरुहरुले जस्तै पागलपन पनि भन्न सक्छौ । देवकोटालाइ पनि त पागल भन्थे जसले मुनामदन लेखेथे ।

रजनी खै किनहो हिजो आज त आफै विथोलीन्छु, असंख्य घाउहरु केट्याउदै निचोर्छु र अनौठो आनन्द भेट्टाउछु । तीमीलाइ हासो लाग्न सक्छ यो कस्तो खालको मान्छे रहेछ भनेर । जसले मलाइ बुझेनन् तिनिहरु खित्का छोडेर हास्छन । जसले अलिकतिपनि बुझे तिनिहरु मौन छन ।

रजनी सायद मान्छे हुनुको विषेशतानै हो कि गल्ती र कमजोरी । हामिहरु टुक्रीएको नजरले सीगाें संसार खोज्छौ । ह्दयको मुल ढोकामा निर्दयी भोटेताल्चा मारेर झ्यालबाट प्रेमको हरियो बत्ती पिल्पीलाउछौ । प्रेम र माया लाइ सागुरो परिभाषामा कैद गरेर महानताको आदर्श छाट्छौ । हामिहरु स्वतन्त्रताको बखान गर्छाै तर थुप्रै बन्धन र बाध विच बन्दी भैरहेका हुन्छौ । बन्धनै बन्धन छन हाम्रा अघि पछि । सामाजीक बन्धन, नैतिक बन्धन , धार्मिक बन्धन र पारिवारीक बन्धन । म स्विकाछु म पनि एउटा निरीह बन्दी हु । हुन सक्छ तिमिपनि । रजनी कहिले काहि त यस्तो लाग्छ म मान्छे भएर जन्मनु नै विडम्बना हो । त्यसैले मान्छे हुनुको पिडा म भित्र थुप्रै छन । खै अरु कस्तो बाच्दैछन त्यो त म भन्न सक्दीन तर आजसम्म म अधुरै बाचेको छु । अधकल्चो हासेको छु । अहिले पनि विवशता पोख्दा भनौ या यथार्थ ओकल्दा पनि म बाध्य छु भनौ कि विवश छु भनौ तिमिलाइ गर्ने सम्बोधन छैन । सम्बोधनको खडेरी त परेको हैन तर विश्वासको अनिकालमा सम्बोधनको बर्षा विष बनेको मैले देखेको छु । मलाइ सहज लाग्ने सम्बोधन तिमिलाइ असहज र असजीलो लाग्ला । रजनी त्यसमा मलाइ धन्यवाद देउ या माफी मलाइ स्वीकार्य छ ।

रजनी जीवन जस्तो कठिन र जीवन जस्तो सरल विषय मैले अर्काे भेटिन । अहिले सम्म मैले थुप्रै भेटे सुखद हुन या दुखद क्षणहरु तर अलिकति बुझे । हुनसक्छ मैले जे बुझे अरुले त्यस्तै नबुझ्न सक्छन अनि मलाइ भन्लान त्यो अबुझ रहेछ । यसमा दोष कसैको छैन । छ भने श्रृष्टिकर्ताको होला हैन र ?

रजनी काठमाण्डौको झ्यालको सानो प्वालबाट सुन्दर आखामा विशाल भविष्य देख्थे । रोमाञ्चीत हुन्थे । मनमा अर्कै तरङ्ग प्रभावित हुन्थे । संबेदनाको मधुर संगीत बज्थ्यो ह्दयको एक कुनामा । त्यो संगीत त्यो स्वर त्यो भावना न मैले कसैलाइ भने न कसैले सुने या हेरे । त्यो म भित्रै थियो । तर अहिले पुरानो र भत्कीएको घरको भग्नाबशेष जस्तै भएर बसेका छन । एकदिन हराएर जानेछन र एकान्त कोठाहरुमा आशुले भिजेका सपना हरु अंगालो हालेर अधुरै बाचीरहने छु ।

रजनी म कठोर हुन सकिन । कोमलता मेरो कमजोरी हो कि? कहिलेकाहि यस्तै लाग्छ । हुनत मलाइ छाम्नेहरु के भन्छन कुन्नी ? फुल कोमल हुन्छ त्यसैले छिट्टै झर्छ । चट्टान कठोर छ त्यसैले कहिल्यै हराउदैन । रजनी आशु धेरै हुनेहरु कोमल हुन्छन पानीले भरीएको खेत जस्तै जव पानीनै सुक्छ त्यो यति कठोर हुन्छ कि सायद चट्टान भन्दा धेरै । मलाइ यस्तै लाग्छ । अवत आफ्नो पिडामा आफ्नो घाउहरु दुख्दा रुने आशुहरु पनि रित्तीइसके । सायद त्यसैले होला आफुलाइ छाम्दा दिनप्रतिदिन कठोर पाउछु । रजनी दुनिया अर्कै छ, स्वार्थी छ , कपटि छ , धोकेवाज छ , निस्ठुरि छ , निर्दयी छ र अबुज पनि त्यत्तीकै छ । दु:ख पोख्दा मन खोल्दा नामर्द र कमजोरी ठान्छ । मलाइ आशा छ तिमि त्यस्ती छैनौ होली ।

रजनी खै किनहो म खुल्ला भन्दा मौनतामा बढि बाचे । अब्यक्त इच्छा र आकांछा बोकेर भौतारीए र भौतारीदै छु । त्यहि कमजोरीले हो कि मेरा प्रिय मान्छेहरु जो संग म सामिप्यता चाहन्थे तिनीहरु टाढिदै छन् । हुनसक्छ कुनैदिन हराउन पनि सक्छन र म चिच्याउदै गरेको सुनेर मलाइ पागल भन्लान ।

रजनी अतित पश्चातापमा वित्यो । बर्तमान निराशा र कुण्ठा युक्त रुपमा चल्दैछ । अनि भविष्य आशाको मसिनो त्यान्द्रोमा झुण्डीएको छ । जीवनको यात्रामा काठमाण्डौको बसाइमा एउटा छाप अस्पस्ट र एउटा कथा अधुरो म भित्र अझै मेटिएको छैन । रजनी म आफैलाइ जीस्क्याउछु । आफ्नै अतित चिथोर्छु । घाउ र पिडा हरु दुखाउछु । आफै ले आफैलाइ विथोल्छु र आनन्दीत हुन्छु । खै त्यो कस्तो आनन्द हो मैले आफै बुझ्न सकेको छैन । यो पत्र पनि त्यै विथोल्दा विथोल्दै जन्मिएको कथा ? हो या अरु केहि ? म भन्न सक्दीन । त्यो तिम्रो जीम्मामा । रजनी तीम्रो प्रत्युत्तरको यादमा म अज्ञात पिडा मिश्रीत हासो पालेर पर्खीरहेको हुनेछु ............................................................................